Author name: admin

Uncategorized

जहाँ ‘म’ मात्र हुनेछैन , हुनेछन ‘म’ हरु !!

त्यस दिन शहर रगताम्मै थियाे‘म’ रगतकाे आहालमा थचक्क बसेकाे थिएआकास मडारिएर कालाे हुँदै थियाेअसिनाहरु तमतयार थिए पर्नलाई । राताे भुई कालाे आकास अनि निलाे ‘म’रंगहरुकाे संयाेजन पनि बढाे अत्यास लाग्दाेनभन्दै टाउकामा असिना बर्षियाेघनले फलाममा बझारे जस्ताेतर मैले उठ्ने महत्वाकांक्ष राखिन , बसिरहे रगतकाे पाेखरीमा । संगैकाे हात छुटेछ , एक्कासि आएकाे राता भेलकाे झट्कालेमैले जिउ छाडिदिए , सायद असह पिडाले अचेत वनायाेकुन वेला बगाएर किनारमा ल्यायाे पत्ताे नै पाईनखरानी र अंगारकाे थुप्राे भित्र ‘म’अनि पर सम्म देखिने भित्ताहरुमा राता टाटाहरु । चकमन्न थियाे वरिपरि , मैले कसैलाई देखिन्सम्झिए शहरका ती स्वर्णिम समयहरुत्याे रमझम, चहलपहल अनि रमाईलाे वातावरणलाग्याे विताईदिन्छु समय सम्झेर अतितका यादहरुतर उठेर जानू पनि छ , खरानी टक्टकाएर उठेखैराे धुलाे वादल तिर मिसिन गयाे । पाईला अगाडि जादैछन फर्केर खाेज्नलाई पुरानै शहरविश्वास छ समयले भेटाउनेछ पुराना संगपुननिर्माण गर्ने जागर समेट्न जुटाउदैछु आशाहरुफेरि साेचे हाेस,  म आफ्नै वैकल्पिक शहर बनाउछुजहाँ ‘म’ मात्र हुनेछैन , हुनेछन ‘म’ हरु !!

Uncategorized

हो मैले मान्छे कमाऊन सकिन

हो मैले मान्छे कमाऊन सकिन ।हावा गफलाई मैले कहिलै ठिक हो भन्न सकिन ,न तालि नै बजाऊन सके बकमफुसे कुरामा ,नराम्रा कुरालाई वाह वाह भन्न नसकेर नै होला,हो मैले मान्छे कमाऊन सकिन !!कुराहरु सबै तेरै ठिक हुन भन्दैमा मेरो के जान्थियो र ,रातोलाई कालो भन्दिदा के नै बिग्रिनथियो र ,सबै खोला धाऊनेको भिडमा कुवा खोज्ने भएर नै होला ,हो मैले मान्छे कमाऊन सकिन !!बोल्ने बोलि रहन्थियो सुन्न नसक्नु मेरो कम्जोरी हो ,मनका भावनालाई शव्दमा ढाल्न किन सक्दिन???त्यही शव्द हरुमा डुबुल्की मारेर शव्द जाल बून्न नसक्दा , हो मैले मान्छे कमाऊन सकिन !!  

Articles

ती जोसिला भाषण गर्नेहरू आज कता होलान्?

२०६२/६३ को जनआन्दोलन हुँदा मेरो उमेर ११ वर्ष थियो। चैतको महिना। आन्दोलनको उबार चलेको थियो। म अन्तिम परीक्षा दिएपछि फुर्सदमा थिएँ। विद्यालय बिदा थियो। परीक्षा सकिएपछि मामाघर बिदा मनाउन जाने चलन जस्तै थियो। म बविया बिर्ताको धिमधिमे भन्ने ठाउँमा अवस्थित मामाघर गएको थिएँ। विराटनगरबाट १६ किलोमिटर पूर्व कर्सिया बजार पर्छ। त्यहाँबाट करिब ८ किलोमिटर उत्तर गएपछि बविया बिर्ता, बविया बिर्ताबाट दुई किलोमिटर पूर्व जाँदा धिमधिमे पुगिन्छ। सधैँ जसो परीक्षा बिदामा हामी मामाघर जाने गर्दथ्यौँ। मन मौजी खेल्न, कुद्न अनि हजुरबुवासँग खेत घुम्न पाउने भएकोले आनन्दको अनुभव हुन्थ्यो। हजुरबुवा खेतमा हुने काम निरीक्षण गर्न जानु हुन्थ्यो। उहाँ सँगसँगै म गएपछि हजुरबुवाको अर्को काम थप हुने गर्दथ्यो, मेरो रेखदेख। खेतमा हिलो खेल्न, पैनीको पानीमा पस्दै निस्कँदै गर्दाको आनन्द छुट्टै हुन्थ्यो। छुट्टी मनाउन आफ्नो आफ्नो मामाघर आउने अरू साथीहरू पनि हुन्थे। साथीहरूसँग होलीमा माछा मार्न र पौडी खेल्न पनि पाइन्थ्यो। यस्तै रमाइलोले पनि मलाई घरीघरी मामाघर तिर तानिरहन्थ्यो। मामाघर पुगेको केही दिनमा नै जनआन्दोलनको हावाहुरी चलेको थाहा भयो। चोकको चिया पसलमा बेलुकीपख मामाहरू जुट्नु हुन्थ्यो। चिया बसाइँमा मैले केही रोचक कुराहरू पनि सुन्थेँ। उहाँहरू ‘वार कि पार हुन्छ’ भन्नुहुन्थ्यो। आर्मी परिचालन हुन्छ। गोली पनि हान्न सक्छ। माओवादी त बन्दुकसहित आउँछन्, गाउँमा यस्तै परिचर्चा चल्थे। अर्को दिन मामा आन्दोलनमा सरिक हुन जाने कुरा थाहा पाएँ। म पनि आन्दोलनमा जान भनेर कस्सिएँ। यो कुरा मामालाई सुनाएँ। ‘तिमी नजाऊ भिडभाड हुन्छ,’ भन्नुभयो। के होला कसो होला भन्दै उहाँले नजान भन्नुभयो। हजुरआमाको पनि त्यही जोड थियो। ‘नजाऊ बाबु हुँदैन जान’ भनेर फकाउनु भयो। तर मैले जिद्दी गरिरहेँ। अन्ततः जान दिनुभयो। मामाको साइकल पछाडि बसेँ। ३०/३५ जनाको टोली थियो। साइकलका लस्कर बजार तिर लम्किए। कर्सिया बजार पुगियो। तर हिँडेर गएभन्दा धेरै समय लागेको थियो। बजारमा मानिसको भिड थियो। हात हातमा विविध रङका झन्डा बोकेका छ। एकैछिनमा ठुलो हुल पश्चिम तिरबाट हामी भएतिर आएर संगठित भयो। मामाले साइकल कसैलाई जिम्मा लगाउनु भएछ। मलाई पनि साइकलमा बसेर जान इसारा गर्नुभयो। तर म नमानेर टाउको हल्लाउँदै भिडतिर पसिहालेँ। मैले आन्दोलन अगाडि बढ्दै थियो। ‘हामी कहाँसम्म हिँड्ने हो?’ मामालाई सोधेँ। ‘बेतना’ भन्नुभयो। धेरै टाढा छ नगएको भए पनि हुने थियो भन्नुभयो। तर म मानिनँ। मामा अलि अगाडि बढ्नु भएछ। म पहिलो लहरका मानिसभन्दा पछि थिएँ। नाराबाजी हुँदै थियो। जिन्दाबाद र मुर्दावादको नारा म पनि लगाइरहेको थिएँ। रमाइलो महसुस भएको थियो। ‘राजतन्त्र मुर्दावाद, ज्ञानेन्द्र चोर देश छोड, निरङ्कुशता मुर्दावाद’ यस्तै यस्तै नारा लाग्दै थिए। म पनि सारमा सार मिलाउँदै ठुलठुलो स्वरमा नारा लगाउँदै थिएँ। नेतृत्वकर्ताले भाका मिलाएर भनेपछि अरूले त्यही दोहोर्‍याइरहेका थिए। बेतना पुग्दा पुलिसले बल प्रयोग गर्ला, अश्रुग्याँस हान्ला नभए गोली नै बर्साउला भन्नेमा धेरै आन्दोलनकारी सावधान थिए। केही हताश र डराए जस्तो पनि देखिएका थिए। ‘राजाले गोली हान्ने आदेश दिएको होलान्’ भिडमा भएकाहरू कुरा गरेको सुन्थे। तर सबैको अनुमान गलत साबित भयो। कुनै बल प्रयोग भएन। कोणसभा भयो। वक्ताहरू हाते माइकमा खुब जोसिँदै भाषण गर्दै थिए। मलाई उकुसमुकुस लागिसकेको थियो। उद्घोषकले पालैपालो नेताहरूलाई बोल्ने समय दिए। ‘आजको हाम्रो आन्दोलन यही सकियो’ उनले घोषणा गरे। अब मामाघर फर्कनु थियो। साइकल कर्सियामै छाडी आएकोले एउटा ट्याक्टरमा चढ्न मामाले इसारा गर्नु भयो। त्यसमै बसेर घरसम्म आइयो। भोलि फेरि मामाको पछिपछि लागेर म पनि गएँ। मामा मलाई छक्काएर जान खोज्नु भएको थियो। त्यो दिन मानिसहरू झन् धेरै थिए। क्रम त्यही चल्यो। नाराबाजी अनि भाषण। केही मानिस गीत गाएर नाच्दै अघि बढ्दै थिए। आन्दोलनबाट राजाले गद्दी छाड्नु परेको थियो। आन्दोलन सकिएको १९ वर्ष भइसकेछ। १९ वर्षपछि म अहिले यो कथा लेख्दै छु तर आन्दोलनका दिनहरू सम्झँदा मेरो मन अझै पनि उत्साहले भरिन्छ। मामाको पछाडि लुकेर म त्यो विशाल भिडको एक सानो हिस्सा थिएँ तर त्यस दिन म आफैँलाई केही महत्त्वपूर्ण ठानिरहेको थिएँ। आन्दोलनको ती स्वरहरू, नाराहरू र नेताहरूका भाषणहरूले मेरो बाल मस्तिष्कमा गहिरो प्रभाव पारेर बसेका रहेछन्। साइकलमा मामासँगको हिँडाइ, ट्याक्टरमा फर्काइ अनि आन्दोलनका नारा र जनसमूह। ती दिन मेरो लागि अविस्मरणीय रह्यो, जसले मेरो जीवनलाई प्रभावित गरिरहेको छ। बाल्यकालको त्यो निस्वार्थ उत्साह र निर्भीकता आजको दिनसम्म पनि मेरो मनमा जीवित छ। जनताको आवाजले सत्ता धारकको सत्ता हल्लाउन सक्छ भन्ने प्रमाणित भएको समय थियो। ती दिनहरूका सम्झनाले आज पनि मलाई परिवर्तनशीलता सम्भव छ भन्ने प्रेरित गर्छ। त्यो कालखण्डमा ऊर्जाका साथ जोसिला भाषण गर्नेहरू आज कता के गर्दै होलान्?

Articles

किन सामुदायिक विद्यालयहरूले शुल्क लिन्छन्?

सविन दाहाल, विराटनगर बिहान सबेरै क्याफे (द कफी बार) गएँ । विराटनगरको कंचनवारी चोकको पूर्वउत्तरको माथिल्लो तल्ला छ । आफूँले संचालन गरेको क्याफेमा हरेक दिन बिहान एक पटक म सँधैजसो पुग्छु । अन्य दिनजस्तै सिँढी चढ्दै थिएँ । रिना दिदीसँग भेट भयो । उहाँ क्याफेको किचनमा सहयोगी हुनुहुन्छ । उहाँसँगको भेटमा  ‘दिदी के छ खबर ?’ भनेर सँधै हालचाल सोध्छु । सँधै हाँस्दै ‘ठिक छ’ भन्नुहुन्छ । ‘आज चाँडै आउनु भएछ त ?’ प्रश्न गरें । ‘चाँडै आएँ’ भन्दै उहाँले अलिकति अग्रिम पैसा दिन आग्रह गर्नुभयो । ‘किन नी अग्रिम, तलब दिने बेलात भएको छैन?’ सोधें । ‘छोराछोरीलाई स्कुल भर्ना गर्नुछ । कपी, ड्रेस अनि किताब पनि किन्नुपर्ने भयो’ उहाँको जवाफ थियो । तीन जना छोराछोरीलाई यत्तिका शैक्षिक सामग्री किन्नुपर्दा अलि बढी पैसा चाहिने उहाँले सुनाउनु भयो । ‘कुन स्कुलमा पढ्छन?’ फेरि जिज्ञासा राखे । ‘सोमबारे हाटछेउको सरकारी स्कुल हो’ धेरै सोधपुछ गर्न मन लागेन । पैसा लग्नुहोला भनिदिएँ । …………..       …………..  …………….. अचानक गत वर्षको एउटा घटनाको सम्झना भयो । ‘छोरो सहिद मैदान नजिकैको विद्यालयमा पढ्छु भन्छ तर प्रवेश परीक्षामा नाम निस्किएन । एकपटक मेयर सापलाई सिफारिस गर्न भनिदिनुहोस न, भाई!’ चिनजानकै दाईले मसँग आग्रह गर्नु भएको थियो । त्यसबेला म विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको सचिवालयमा कार्यरत थिएँ । विद्यालय भर्ना गराउन सिफारिसका लागि आग्रह पहिले पनि आउँथे । मैले डायरीमा टिपोट गरें । अनि ‘काम हुन्छ पर्खनु होला’ भनिदिएँ । बिर्सिएला भन्ने भयले मैले तत्कालै विद्यालय व्यवस्थापन समितिमा त्यो नाम टिपोट गराइ दिएँ । लगभग तीन महिनापछि बाटो परेर शनिवारको दिन उनै दाईको (जसले छोराको सिफारिस गर्नु भएको थियो) चिया पसलमा छिरें । ‘नास्ता के छ दाजु ?’ भन्दै कुरा शुरु गरें । तर, उताको जवाफ पर्खिन । छोटुलाई त्यहीँ आमासँग देखेपछि सोंधे फेरि प्रश्न गरें ‘किन स्कुल नपठाएको ?’ उनले जवाफ थियो,‘स्कुलले भर्ना नै लिएन्’ । आफूले छोटुको भर्नाबारे विद्यालयमा कुरा गरिदिएको बताएँ । तर, दाईले विद्यालयका कर्मचारीले एक सातापछि आउनु भनेपनि फेरि जाँदा भर्ना नलिएको सुनाए । ‘भर्ना र छात्रवृत्ति दुबै नहुने’ भन्दै विद्यालयले छोटुलाई भर्ना नगरिदिएको तीन महिनापछि मात्र थाहाभयो ।  बोल्न मन लागेन् । ‘सर हामीलाई स्कुलको फि तिर्न समस्या नै हुने रहेछ,’ छेवैमा बसेकी आमाले दुःखेसो गर्दै भनिन् । खुब भोक लागेको थियो । तर, खानै मन लागेन । मन त्यसै खिन्न भयो । मोबाइल झिकें अनि अर्को समुदायिक विद्यालयमा लगाएँ । समस्या बताई दिएँ । भर्ना गरिदिन अनुरोध गरें । छोटुलाई पनि फकाएँ । भोलिदेखि स्कुल लगिदिनु भन्दै उनका बुवालाई सम्झाएँ । कक्षा ६ मा उनको भर्ना भयो ।  ……………          ……………….    …………………….. यसपालि घर छेउमा डेरा लिएर बस्ने  एकजना दाईको  सिफारिस आयो । यसपटक भने म महानगर प्रमुखको सचिवालयमा छैन । तर सामाजिक अभियान्ता भएका हिसाबले सहयोग हुन्छ कि भन्ने चिनजानकाहरुको अपेक्षा रहन्छ । सम्राट स्पोटिङ क्लवका सुभाष दाईमार्फत होचो, कालो वर्णको लगभग ४५ को प्रदिप दाई मसँग मेरो चिनजान भयो । सुभाष दाईले सुरुमै धरै कुरा जानकारी गराएकाले मैले भुमिका नबाधि सोधिहाले। ‘के भएको दाई?’ तीन जना भएकाले छोराछोरी पढाउन गाह्रो परेको सुनाउनु भयो । ‘कहाँ पढाउने हो र?’ फेरि सोधें । पहिलेदेखि नै भट्टाचोक छेउको सरकारी स्कुलमा पढाउँदै आएको सुनाउनु भयो । ‘सरकारीमा त शुल्क नलाग्नु पर्ने होइन र?’ मेरो प्रतिप्रश्न थियो । ‘लाग्छ नी! पोहोर २९ हजारसमेत तिर्न बाँकी छ । यो वर्ष २९ हजार लाग्ला । किताब–कपी, ड्रेस, खाजा सबै गरेर वर्षको एक लाखभन्दा बढी नै लाग्छ । मेरो कमाइले भ्याउँदैन ।’ नजिकैको सरकारी स्कुल भएर पनि आफूहरुले निःशुल्क पढाउन नसकेको उहाँको गुनासो थियो । छोरी  पढाइ एकदमै अब्बल । ९३ दशमबल ४६ प्रतिशत आएको छ ।  तर छात्रवृत्ति मिलेन । प्रदीप दाई निरास देखिनु भयो । धेरैले त पढाउन नसकेर अन्यत्रै सारिसकेको सुनाउनु भयो । सरकारीमा समेत पैसा लाग्ने कुराले उहाँ जस्तै धेरै अभिभावक बोल्न र प्रतिवाद गर्न नसकेर दिक्क भएको भन्नुभयो । निजी विद्यालय छाडेर सरकारी विद्यालय पढ्न जानेको विराटनगर भर लर्को नै छ । बावुआमाले कर गरेपछि कति गएका छन् । कतिपय आफ्नै रहरले । तर, राम्रै अंक ल्याउनेलाई पनि भर्ना हुन कठिन छ । निजीभन्दा कम शुल्क लाग्ने भन्दै सरकारीले समेत रकम उठाएको विषयमा भने सरकारी निकाय मौन जत्तिकै छ । कतिपय अभिभावकले निजीभन्दा थोरै रकम तिरेर अंग्रेजी माध्यममा पढाउन पाइयो भनेर शुल्क बुझाएकै छन् । तर, सरकारले बनाई दिएको भौतिक संरचना, दूतावासको सहयोगका बस, महानगरपालिकाले दिएको जेनेरेटर, पंखा अनि सरकारी तलब खाएर पनि ‘किन सामुदायिकले फी लिन्छन् ?’ बुझ्न सकिएको छैन् । …………………….               ………………              …………….. नेपालको संविधान (२०७२) को धारा ३१ ले शिक्षाको हकलाई नैसर्गिक अधिकारको रुपमा स्थापित गरेको छ । बलबालिकाले हाँस्दैखेल्दै घर नजिकैको विद्यालयमा जाने वातावरण निर्माण गर्नु राज्यको दायित्व हो । यिनै स्थापित मान्यतालाई पूरा गर्न नेपाल सरकारले २०६२ देखि विद्यालय भर्ना अभियान संचालन गरेको हो । यसको मुख्य उद्देश्य भनेकै स्कुल जानुपर्ने उमेरका बालवालिका विद्यालय जानबाट बञ्चित नहुन भन्ने हो । अझ आफ्नो नजिकको विद्यालयमा भर्ना गराउनु, भर्नापश्चात विधार्थीलाई त्यस विद्यालयमा टिकाउनुलाई अर्थपूर्ण मानिन्छ । अर्थात भर्नाको लागि मात्र भर्ना गर्ने होइन । विधार्थीको नियमित, सहज उपस्थिति, हाजिरी हुन जरुरी हुन्छ । चाहे निजी होस या सरकारी विद्यालय हरेकले नेपालको कानुन र ऐनलाई पालाना गर्न जरुरी छ । भर्ना अभियानमा निजीको पनि सहभागिता अनिवार्यता हुनेगर्छ । निजीमा समेत नेपाल सरकारको ऐनले व्यवस्था गरेको १०–१५ प्रतिशत छात्रवृत्ति पाउनु पर्ने बालबालिकाले पाउनु पर्छ। नेपालमा हाल सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउने अभियान चलेको दखिन्छ । अझ विराटनगर महानगरपालिकाभित्रका एक दुई हुँदै विस्तारै अंग्रेजीको अभियान धेरै विद्यालयहरुमा पुगिसकेको छ । यसरी भाष्य सिर्जना गरिदैँछ की अंग्रेजी माध्यमले मात्र बालबालिकाको भर्ना दर वृद्धि हुन्छ । विद्यालयको गुणस्तर वढाउने मात्र होइन भौतिक पूर्वाधार तथा सुविधा समेत अंग्रेजीमा पढाए मात्र पूरा हुन्छ । विराटनगरका केही विद्यालयले सयाँै बालबालिकाको प्रवेश परीक्षासमेत लिएका छन । अनि यसलाई भर्ना अभियानसँग जोड्दैछन् । निजी विद्यालय छाडेर सरकारी विद्यालयको प्रवेश परीक्षामा समावेश हुन आउनु सुःखद पक्ष हो । विराटनगर महानगरपालिकाले समेत प्रवेश परीक्षालाई उपलब्धिको रुपमा लिएको देखिन्छ । तर, कुन ऐन र नियममा रहेर प्रवेश परीक्षा लिइएको भन्ने प्रश्नको जवाफ कोहीसँग छैन । सरकारी विद्यालयलाई अंग्रेजीको नाममा निजीकरण गर्ने काम हुँदैछ । सहयोगको नाममा सामुदायिक विद्यालयलाई सःशुल्क बनाइएको छ । निजिकरण पनि यसरी गरिँदैछ कि नेपालको संविधान, शिक्षा ऐन उलंघन गरिएको छ । बालबालिकाले आफ्नो नजिकैको सामुदायिक विद्यालयमा निःशुल्क पढन पाउनु अधिकार हो । यही अधिकारको समेत अंग्रेजीको हाउगुजीले खाइदिन थालेको छ । सरकारी विद्यालयमा पढ्न समेत मासिक खर्च तिर्नु परिरहेको छ । रिना दिदिले छोराछोरीलाई नजिकैको विद्यालयमा पढाउन

Articles

युवा हाै तिमी

भराेसा हाै तिमीआशा हाै तिमीथाक्न काहाँ पाउछाै रआकासमा चम्कने तारा हाै तिमी तिमी विश्वास हाैसारथि पनि तिमी हाैसमुद्रकाे सिपीकाे पर्याय हाै तिमीनदिहरुकाे वेग हाै तिमी युवा हाै तिमी

Uncategorized

Youth For Change Motivational Seminar

धन्यवाद ऊद्घोषक हामी युवाका महासचिव युवा अभिषेक भट्टराई ज्यु । आजको यस youth for change motivational seminar कार्यक्रमकी तथा हामी युवाकी अध्यक्ष युवा जिना कार्की ज्यु , प्रमुख अतिथि बिकास प्रेमी बिराटनगर महानगरपालिकाका मेयर आदरणीय भीम पराजुली ज्यु , आजको कार्यक्रमका बक्ता – आफ्नो प्रस्तुतीले मोहित बनाउने कवि नवराज पराजुली ज्यु ,  गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक प्रमोद खरेल ज्यु , जलवायु परिवर्तनका अभियान्ता युवा अभिषेक श्रेष्ठ ज्यु , युवा अभियान्ता बिराटनगरको शान बसन्त अधिकारी ज्यु  , हाम्रो निम्तोलाई स्विकार गरि उपस्थित हुनु भएका बिभिन्न तह र तप्काका सम्पुर्ण अतिथि महानुभावहरु ,बिराटनगर महानगरका बिभिन्न वडाका वडा अध्यक्ष ज्युहरु,  पत्रकार ज्युहरु , वडा युवा परिषद र नगर युवा परिषदका युवा भाई बहिनि तथा साथीहरु ,  हामी युवाका सम्पुर्ण स्वंमसेवक तथा सद्स्य साथीहरु तथा उपस्थित सम्पुर्ण महानुभावहरुलाई म हामी युवाको संस्थापक युवा सबिन दाहालको तर्फवाट हार्दिक नमस्कार ज्ञापन गर्दछु । ५००० बर्ष  पहिले मत्सय देशको राजा बिराटले राज्य गरेको भुमी हो आजको बिराटनगर । बिभन्न जात, जाति , धर्म ,संस्कृति , समुदायहरुको साझा संगम हो  बिराटनगर । ईतिहास हेर्ने हो भने आर्थिक, सामाजिक र राजनितिक  बिभिन्न परिवर्तन र आन्दोलनको नेतृत्व , यस पवित्र स्थान बिराटनगरले गेरेको छ । सरल भाषामा के भन्न सकिन्छ भने बिराटनगरको युवाहरु बर्षै देखी परिवर्नको संवाहकको रुपमा परिचित थिए र छन । हामी युवा – युवाहरु द्वारा संचालित अभियान हो जसले परिवर्तनको यस परम्परालाई अघि बढाउन खोजिरहेको छ  । युवाहरु भविष्यको कर्णदार मात्र हैनन बर्तमानको साझेदार पनि हुन , भन्ने विश्वासलाई हामी युवाले अगाडी बढाईरहेको छ । हामी युवा भन्ने  गर्छ अबको पुस्ताका युवाहरुको काधमा ठुलो जिम्मेवारी छ । हाम्रो पुस्ताका तन्नेरीहरुले थाक्न पाउने अधिकार छैन। परिवर्तन चाहाने हो भने यो पुस्ताले अघिल्लो पुस्ता भन्दा बढि त्याग र मेहेनत गर्न आवश्यक छ । राष्ट्रिय जनगणना २०६८ अनुसार, १६–४० वर्ष सम्मका युवाको जनसङ्ख्या ,  कुल जनसंख्याको ४०.३ प्रतिशत रहेको छ । जसमा १४ देखी १५ प्रतिशत युवा रोजगार तथा शिक्षाको लागि देश भन्दा बहिर छन ।२०६८ को तथ्याङलाई आधार मानेर हेर्ने  हो भने युवाहरुको जनशंख्या नेपालमा बढ्दो देखिन्छ । जनसंख्याको हिसाबले हेर्दा देशको लगभग आधा जन्संख्या युवा जोशले भरिएको छ तर किन हामी युवाहरु समस्यामा सम्भावना , अफट्यारो मा सपना देख्न सक्दैनौ ? किन हामी आफुले आफुलाई विश्वास गर्दैनौ ? किन युवाहरुको आत्म बिश्वासको पहाडलाई आलोकाचो, ठीटा , हिजाको चल्ला , बच्चा भनेर झुकाउन खोजिन्छ ? यिनै अनेकौ प्रश्नहरुको उत्तर खोज्ने प्रयास मात्र हैन फरक तरिकाले यि प्रश्नहरुको समाधान दिन खोज्ने साथै युवाहरुको आत्मविश्वासको पहाडलाई झुक्न नदिने अभियान हो हामी युवा । हामी युवाले युवाहरुलाई सकरात्मक बनाउने , आशावादी बनाउने,  सिर्जानशिल बनाउने , निर्णय क्षमताको बृद्दी गराउने , नेतृत्व बिकास,  ब्यक्तित्व  बिकास गराउन मद्दत गर्ने जस्ता कार्यहरु गरिरहेको छ । हामी के भन्छौ भने  यो जेनेरेसनको हामी युवाहरुको लागि अहिले सबै क्षेत्रमा संभावनाको ढाकाहरु खुल्ला देखिन्छ । हामी भाग्यमानी छौ की हामीले हाम्रो पालामा सुचना प्रविधिले मारेको फड्को हेर्ने अवसर पायौ । जस्ले हामीलाई अघिल्लो जेनेरेसन भन्दा अलि अलग र पृथक बनाउन सहयोग पनि गरेको छ । समाजिक संजाल देखि लिएर ईन्टरनेटको प्रयोगमा हामी एक्सपर्ट छौ ।  यो एक्पटाईट प्रयोगमा ल्याउन जरुरी छ । हामी ईमान्दार भएर आफ्नो आफ्नो क्षेत्रमा परिवर्तनको मसाल लिएर अघि बढ्ने प्रण गर्ने हो भने  हामीले हामी आफैलाई गाली गर्न पर्दैन, नेतृत्वलाई गाली गर्न आवश्यक पर्दैन भन्ने बिश्वास राख्छ हामी युवा । सरकारी निकायलाई , सरोकारवाला निकायलाई गाली मात्र गरेर चै परिवर्तन सम्भव छैन भन्ने बिश्चास गर्छ हामी युवा । युवाहरु एकिकृत हुने , अनुशासनमा बस्ने , पृथक सोच्ने , सम्स्यामा सम्भावाना देख्ने , वर्तमान मात्र हैन भविष्य सोच्ने , गलतलाई गलत त सहीलाई सही भन्ने हो भने हामी हाम्रै पालामा परिवर्तन देख्न सक्ने छौ भन्ने अठोट राख्छ हामी युवा। उपस्थित सम्पुर्ण अग्रजहरुलाई तपाईहरुले युवाहरुलाई देखाउने बिश्बासमा कमी नआवोस भन्ने अनुरोध गर्दै साथै युवा साथीहरुलाई तपाईहरु आफुले आफुलाई बिश्वास गर्नुस तपाई जस्तो सुकै कार्य गर्न सक्षम हुनुहुन्छ भन्ने स्मरण गराउदै म मेरा भनाईहरु यहि अन्तय गर्न चाहान्छु । धन्यबाद ।  जय युवा  ।

Articles

मायाकाे रंग किन राताे हुन्छ

आँसुकाे स्वाद किन नुनिलाे हुन्छफेरि सम्झन्छु समुन्द्रकाे पनि त हुन्छआँखामा समुन्द्र हुन्छ या समुन्द्रमा आँसुथाहा हुनेहरुले नभन्लान मलाई थाहा छैन । मायाकाे रंग किन राताे हुन्छफेरि सम्झन्छु मुटुकाे पनि त हुन्छमनमा मुटु हुन्छ या मुटुमा मायाथाहा हुने प्रेमी वन्लान मलाई थाहा छैन । सम्झनाहरु किन कालाे र सेताे रंगकाे हुन्छफेरि सम्झन्छु सपनाहरु पनि हुन्छकल्पनामा सपना वन्छ या सपनामा सम्झनाथाहा पाउनेले नभन्लान मलाई थाहा छैन । सम्वन्धहरुमा किन मिठास हुन्छफेरी सम्झन्छु खुशीमा पनि हुन्छजिवनमा खुशी छ या सम्वन्धहरुमा खुशीथाहा हुनेहरुले नभन्लान मलाई थाहा छैन

Articles

महशुस

तिमी आयाै मुस्कुरायाै , म पनि मुस्कुराएमुस्कुराउनु हामी दुवैकाे नियत थिएन नियती थियाेअस्तित्वले तिमी संग मलाई नजिक हुन जुरायाेजुर्नु जाेडिनुले धागाेहरुकाे महत्वलाई धरातल दिलायाे । नयन एक वन्नु गन्तव्य एक हुनु हाेसपनामा हक लाग्नु मन स्थिर वनाउनु नै थियाेअंकमालले उर्जाहरुलाई सकरात्मक वनायाेउर्जा उत्पन्न हुनुले आगाेकाे महशुस गरायाे । व्रहमाण्डमा स्पर्शहरु फैलियाेभावनाकाे समुद्रमा छालहरु छछलकनुकाे विकल्प थिएनप्रकृतिले ‘तिमी र म’ लाई हामी वनायाे र भिजायाेवन्नु, भिजाउनुले वर्षा र जमिनकाे समिप्यता प्रष्ट वनायाे । पाईलाहरु चलिरहनु स्वभाविक हाेसाथहरुले हात छाडेका छैनन र छाड्ने छैननविश्वासकाे फुलहरु झै सुगन्धित वनेकाे छ सम्बन्धसुगन्ध छर्नुले प्रगाणताकाे तत्व झल्कायाे।

Articles

हामी युवा

रुक्दैनाै हामी कहिलेझुक्दैनाै हामी कहिलेगन्तव्य पुग्नु छशिखर चढ्नु छ हामीलेवाधाहरुले राेक्दैननपरिवर्तन गर्नु छ हामीलेउदाहरण वन्नु छ हामी ………………हामी युवा , हामी युवा समस्यामा सम्भावना देख्नु छरा्ष्ट्रकाे  सेवामा लाग्नु छ हामीलेगलत वाटाेमा लागेकालाई फर्काउनु छसपनाहरु देख्नु छ हामीलेहिमाल , पाहाड तराईलाई जाेड्नु छपरिवर्तन गर्नु छ हामीलेउदाहरण वन्नु छ हामी ………….हामी युवा , हामी युवा श्रममा रमाउनु छमाटाेलाई माया गर्नु  छ हामीलेजुट्नु, जुटाउनु छधैर्यता राखेर अघि वढ्दैछाैमेहनती वन्दैछाै हामीयुवा जाेश देखाउनु छपरिवर्तन गर्नु छ हामीलेउदाहरण वन्नु छ हामी …….हामी युवा हामी युवा

Articles

नबुझी सेयर नगरौं, लाइक-कमेन्टको होडमा जोखिम नबढा‌ऊँ

बिहान सबेरै उठेर मोबाइलमा फेसबुक चलाउँदै थिएँ। ‘सरकारले लकडाउन नबढाउने’ शीर्षक भएको समाचार टाइमलाइनमा देखियो। त्यसको वेब एड्रेस चिनेको समाचार साइटको थिएन। केही दिन पहिला एक जना भाइले पठाएको म्यासेज सम्झिएँ। लेखेको थियो ‘दाजु यो भाइरस त मनतातो पानीले नुहाउँदा मर्छ भन्ने समाचारमा आएको छ।’ मैले लिंक मागेँ। हेर्दा न्युज-पोर्टल जस्तै देखिने त्यो लिंक कसैको व्यक्तिगत ब्लग थियो। यस्ता साइटहरूमा विश्वास गर्नु हुँदैन भनेर उसलाई सम्झाएको थिएँ। म र ऊ जस्तै धेरै जना व्यक्तिहरू सिधै न्युज साइटमा भन्दा सामाजिक सञ्जालमा आउने समाचारका लिंकमा भर परिरहेका हुन्छौं। त्यसैले सूचना प्रवाहलाई सरल र प्रभावकारी बनाएको भए पनि त्यससँगै आउने यस्ता समस्याहरूले गलत सन्देश फैलाइरहेको हुन्छ। विशेषगरी अहिलेको जस्तो समयमा त झन् यसको जोखिम धेरै हुन्छ। कोरोनापछिका समाचारहरू सम्झिन थालेँ। झुक्किने समाचार, सूचनाहरू बढेका छन्। हेर्दा साँचो जस्तो लाग्ने तर आधिकारिक स्रोत बिनाका समाचार देखिन्छन्। कहिल्यै नदेखिएको पोर्टलहरू टाइमलाइनमा सलबलाउन थालेका छन्। लाइक, सेयर, भ्यु हेर्दा ‘रिच’ धेरै देखिन्छ। आधिकारिकता खोज्दा भेटिँदैन। विपदले भन्दा पनि धेरै त विभिन्न सामाजिक सञ्जालमा आएका भ्रामक समाचारको प्रभावले हामीलाई असुरक्षित बनाइरहेको हो कि जस्तो लाग्न थालेको छ। समय संवेदनशील भएको बेलामा यस प्रकारको कार्य धेरै हुने गर्छन्। २०७२ को भूकम्पताका पनि यसखाले धेरै अफवाहपूर्ण समाचार हामीले देखेका हौं। अझ भूकम्पताका भारतीय मिडियाले अफवाह फैलाएको आरोप सहित ‘गो ब्याक इन्डिया’ ह्यासट्याग ट्रेन्डिङमा नै आएको थियो। मनमा डर भएका बेलामा नै यो क्रियाकलाप बढी हुने रहेछ। झट्ट हेर्दा यसको प्रभाव प्रत्यक्ष नदेखिए पनि यसले पार्ने असर नजरअन्दाज गर्न मिल्दैन। सामाजिक सञ्जालमा आएका यस्ता सामग्री अन्य सकारात्मक सामग्रीभन्दा पहिला भाइरल हुन्छन्। म समाचारको प्रभावबारे सोच्न थालेँ। तातो पानीले नुहाउँदा कोरोना नलाग्ने समाचारलाई पालना गर्दा क्षणिक आत्मबल त बढ्ने थियो। तर त्यसले कोरोनाको जोखिम कम गर्ने थिएन। सावधानी अपनाउनु भन्दा तातो पानीले नुहाएर सुरक्षित महशुस हुने थियो। पढ्नेले आफूले मात्र यो विधि अपनाउने थिएन, अन्यलाई पनि प्रेरित गर्ने थियो। पढ्ने, सुन्ने र देख्ने अधिकांशले यो विधि अपनाउन सक्ने सम्भावना बढ्ने थियो। यसले जोखिम बढाउने थियो। गलत सूचनाको प्रभाव कुनै एक व्यक्तिमा मात्र सीमित रहँदैन। अझ सामाजिक सञ्जालमा त यसको प्रभाव असीमित रहन्छ। टाइमलाइनमा आएका केही प्रतिनिधि समाचार सम्झँदै गएँ। ‘चीनमा अदुवा खाँदा कोरोनाको संक्रमण नलाग्ने’ समाचार देखेपछि एक जना महिलाले अत्यधिक अदुवा खाएकाले अस्पताल भर्ना हुनु पर्‍यो। त्यस्तै अफवाहका आधारमा भारतमा गाईको गोबर शरीरमा दल्दा र गहुँत पिउँदा मानिसहरू समस्यामा परे। मदिरा सेवन गर्दा कोरोना प्रभाव कम हुने भन्दै आएका समाचार, बढी तापक्रममा बस्दा, थाल ठटाउँदा, चिच्याउँदा कोरोना नलाग्ने, लामखुट्टेले कोरोना भाइरस बोक्न सक्छदेखि तातो पानी खाँदा यदि घाँटीमा कोरोना भएमा पेटमा पुगेर पेटको एसिडले कोरोना मार्ने जस्ता समाचारलाई मानिसहरू सत्य मानेर पालना र सेयर गरिरहेका थिए। कतिले जोक गरेर सेयर गरेको पनि अरूले सही बुझ्ने सम्भावना पनि हुने रहेछ। जिम्मेवार ठानिएका, नाम चलेका समाचार पोर्टलले पनि सामग्री प्रकाशनमा अगाडस हुने होडमा गलत सूचना प्रवाह गर्ने जोखिम बढिरहेको छ। साथै मान्छेलाई झुक्क्याएर साइटमा ल्याउनका लागि ‘क्लिकबेट’ बनाएर समाचार सम्प्रेषण पनि भइरहेका छन्। नागरिक पत्रकारिताका नाममा स्रोत नराखी एक तर्फी रूपमा प्रकाशित समाचारले पनि समस्या थप्ने काम गरिरहेको हुन्छ। जनकपुरमा दुई महिलाले थुक लगाएर पैसा फालेको समाचार सबै नाम चलेका मिडियामा आए। महिलाहरूको खोजी भयो, पक्राउ गरेर र्‍यापिड टेस्ट भयो। टेस्टमा पोजेटिभ आयो। पिसिआर टेस्टमा नेगेटिभ। अनुसन्धान गर्दा नियत बस नभई बैंकबाट फर्कँदा पैसा झरेको भन्ने पुष्टिसहितको समाचार आयो। धन्न त्यसको प्रभाव धेरै फैलिन पाएन। कतिले त त्यस्ता समाचारकै आधारमा कुनै जाति विशेषलाई दोष दिएर घटना साम्प्रदायिक बनाउने प्रयत्न पनि गरे। हतार गर्दा दुर्घटना हुन सक्छ। चीनको वुहान सहरबाट सुरू भएर विश्वभर महामारी फैलिएको कोरोना भाइरसले सारा विश्व यति बेला लकडाउन छ। शक्तिशाली राष्ट्रहरू समेत अप्ठ्यारोमा परेका छन्। औषधी-उपचार अनुसन्धानको चरणमा रहेको यो प्राणघातक भाइरसको त्रासले विश्व समुदाय अहिले अत्तालिएको देख्न सकिन्छ। यसबाट हामी पनि अछुतो छैनौं। हामी भित्र अनेकन प्रश्नको जालो छ। कोरोना नेपालमा इटाली, अमेरिकामा जसरी फैलियो भने के हुन्छ होला भन्ने डर, त्रास छ। त्राससँगै आशंकासहितको आशा पनि छ। यही आशाले हामीमा धैर्य र आत्मबल प्रदान गरिरहेको छ। यस्तो बेलामा सूचना प्रवाह गर्ने साधन तथा त्यसलाई हेरेर सामाजिक सञ्जालमा धारणा बनाउनेहरू सबै संयमित हुनु जरुरी छ। विश्व समुदाय व्याकुल रहेको अवस्थामा सामाजिक सञ्जालबाट समाचार बनाउन सजिलो भएर होला जसले जे मन लाग्यो त्यही अफवाहलाई समाचारको रूप दिइरहेको पाइन्छ। यसलाई कम गर्न अति आवश्यक भइसकेको छ। कतिपय समाचारले अफवाह मात्र फैलाइरहेका छैनन्, सामाजिक, धार्मिक, जातीय द्वन्द्वलाई प्रशय दिने आपराधिक कार्य पनि गरिरहेका छन्। आवश्यक परेमा सरकारले यसप्रकारका क्रियाकलाप गर्नेलाई कानुनी उपचार गर्न पछि पर्नु हुँदैन। हामीले पनि नजिर कायम गर्न राम्रालाई प्रोत्साहन र गलतलाई बहिष्कार गर्न सक्छौं। सामाजिक सञ्जालको दुनियाँ आकाश जस्तै विशाल छ। यसको सही प्रयोग गर्न जानेमा सारा ब्रह्माण्डलाई बुझ्न र प्रभाव पार्न सक्ने क्षमता राख्छ। त्यसैले भ्रम हैन सचेतना फैलाऊँ, एकअर्काको सहयोगी बनौं। यो महामारीलाई हामी सबैले मिलेर सामना गर्ने हो। एकले अर्कोको हौसला बढाउने हो। विपद बाजा बजाएर आउँदैन, अनावश्यक अफवाह फैलाउनु निन्दनीय हो। एकअर्काको सहयोगी बन्नुपर्नेमा आत्मबल, आत्मविश्वास कमजोर बनाउने कार्य कसैबाट नहोस्। जात, धर्म, भाषा, राष्ट्रभन्दा माथि उठेर कार्य गर्नुपर्ने हुन्छ। हाम्रा लागि काम गरिरहेका स्वास्थयकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी लगायतको हिम्मत बढाउन सुरक्षित रही सहयोगी भूमिका खेलौं। सामाजिक सञ्जालको सदुपयोगले पनि कयौं नकरात्मक घटना रोक्न सकिन्छ। सुरक्षित रहन प्रेरित गर्न सकिन्छ। गलत अफवाह वा समाचार हामीले फैलायौ भने फैलिने हो। त्यसैले त्यस्ता समाचार पढेर आफूलाई प्रभावित पार्न नदिऊँ। नबुझी नजानी सेयर पनि नगरौं। संयमित बनौं, लाइक, कमेन्ट, भ्युभन्दा मानवतालाई माथि राखौं। सेतोपाटीमा प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७, १३:४२:०० https://www.setopati.com/blog/204998

Scroll to Top