हो मैले मान्छे कमाऊन सकिन

हो मैले मान्छे कमाऊन सकिन ।
हावा गफलाई मैले कहिलै ठिक हो भन्न सकिन ,
न तालि नै बजाऊन सके बकमफुसे कुरामा ,
नराम्रा कुरालाई वाह वाह भन्न नसकेर नै होला,
हो मैले मान्छे कमाऊन सकिन !!
कुराहरु सबै तेरै ठिक हुन भन्दैमा मेरो के जान्थियो र ,
रातोलाई कालो भन्दिदा के नै बिग्रिनथियो र ,
सबै खोला धाऊनेको भिडमा कुवा खोज्ने भएर नै होला ,
हो मैले मान्छे कमाऊन सकिन !!
बोल्ने बोलि रहन्थियो सुन्न नसक्नु मेरो कम्जोरी हो ,
मनका भावनालाई शव्दमा ढाल्न किन सक्दिन???
त्यही शव्द हरुमा डुबुल्की मारेर शव्द जाल बून्न नसक्दा ,

हो मैले मान्छे कमाऊन सकिन !!

 

Scroll to Top