जहाँ ‘म’ मात्र हुनेछैन , हुनेछन ‘म’ हरु !!

त्यस दिन शहर रगताम्मै थियाे
‘म’ रगतकाे आहालमा थचक्क बसेकाे थिए
आकास मडारिएर कालाे हुँदै थियाे
असिनाहरु तमतयार थिए पर्नलाई ।

राताे भुई कालाे आकास अनि निलाे ‘म’
रंगहरुकाे संयाेजन पनि बढाे अत्यास लाग्दाे
नभन्दै टाउकामा असिना बर्षियाे
घनले फलाममा बझारे जस्ताे
तर मैले उठ्ने महत्वाकांक्ष राखिन , बसिरहे रगतकाे पाेखरीमा ।

संगैकाे हात छुटेछ , एक्कासि आएकाे राता भेलकाे झट्काले
मैले जिउ छाडिदिए , सायद असह पिडाले अचेत वनायाे
कुन वेला बगाएर किनारमा ल्यायाे पत्ताे नै पाईन
खरानी र अंगारकाे थुप्राे भित्र ‘म’
अनि पर सम्म देखिने भित्ताहरुमा राता टाटाहरु ।

चकमन्न थियाे वरिपरि , मैले कसैलाई देखिन्
सम्झिए शहरका ती स्वर्णिम समयहरु
त्याे रमझम, चहलपहल अनि रमाईलाे वातावरण
लाग्याे विताईदिन्छु समय सम्झेर अतितका यादहरु
तर उठेर जानू पनि छ , खरानी टक्टकाएर उठे
खैराे धुलाे वादल तिर मिसिन गयाे ।

पाईला अगाडि जादैछन फर्केर खाेज्नलाई पुरानै शहर
विश्वास छ समयले भेटाउनेछ पुराना संग
पुननिर्माण गर्ने जागर समेट्न जुटाउदैछु आशाहरु
फेरि साेचे हाेस,  म आफ्नै वैकल्पिक शहर बनाउछु
जहाँ ‘म’ मात्र हुनेछैन , हुनेछन ‘म’ हरु !!

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top