तिमी आयाै मुस्कुरायाै , म पनि मुस्कुराए
मुस्कुराउनु हामी दुवैकाे नियत थिएन नियती थियाे
अस्तित्वले तिमी संग मलाई नजिक हुन जुरायाे
जुर्नु जाेडिनुले धागाेहरुकाे महत्वलाई धरातल दिलायाे ।
नयन एक वन्नु गन्तव्य एक हुनु हाे
सपनामा हक लाग्नु मन स्थिर वनाउनु नै थियाे
अंकमालले उर्जाहरुलाई सकरात्मक वनायाे
उर्जा उत्पन्न हुनुले आगाेकाे महशुस गरायाे ।
व्रहमाण्डमा स्पर्शहरु फैलियाे
भावनाकाे समुद्रमा छालहरु छछलकनुकाे विकल्प थिएन
प्रकृतिले ‘तिमी र म’ लाई हामी वनायाे र भिजायाे
वन्नु, भिजाउनुले वर्षा र जमिनकाे समिप्यता प्रष्ट वनायाे ।
पाईलाहरु चलिरहनु स्वभाविक हाे
साथहरुले हात छाडेका छैनन र छाड्ने छैनन
विश्वासकाे फुलहरु झै सुगन्धित वनेकाे छ सम्बन्ध
सुगन्ध छर्नुले प्रगाणताकाे तत्व झल्कायाे।